राष्ट्रपतिको भूमिका शंकास्पद : उपेन्द्र यादव

राष्ट्रपतिको भूमिका शंकास्पद : उपेन्द्र यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमण्डु – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्या भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन् । बहुमत सांसदले हस्ताक्षर गरेपछि पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगर्नुले राष्ट्रपति भण्डारीको भूमिका शंकास्पद रहेको बताएका हुन् ।

‘कि मलाई केपी ओली नै प्रधानमन्त्री चाहिन्छ भन्नुपर्‍यो, होइन भने बहुमत सांसदको हस्ताक्षरपछि पनि देउवाजीलाई प्रधानमन्त्री नबनाउनुपर्ने कुनै कारण छैन । राष्ट्रपतिको भूमिका शंकास्पद छ,’ विपक्षी गठबन्धनले बिहीवार काठमाण्डुमा आयोजना गरेको सम्पादकहरुसँगको अन्तर्क्रिया कार्यक्रममा यादवले भने ।

यादवले एउटै संसदलाई एउटै प्रधानमन्त्रीले २/२ पटक विघटन गरी संविधान र लोकतन्त्रलाई समाप्त पारेर स्वेच्छाचारी शासन शुरू गरेकाले आफूहरू आन्दोलनमा उत्रिएको दाबी गरे ।