पछिल्लो २४ घण्टामा २४७४ कोरोना संक्रमित थपिए, २४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २४७४ कोरोना संक्रमित थपिए, २४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२ हजार २३२ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज २ हजार ५१८ जना कोरोना संक्रमित निको भएका छन् ।

आज देशभर थप २४ जनाको मृत्यु भएको छ भने थप कूल मृत्यु संख्या ८९१८ पुगेको छ । कूल संक्रमित संख्या ६ लाख २९ हजार ४३१ (पीसीआर) र २९ हजार ९३४ (एन्टीजेन) पुगेको छ ।

आज काठमाण्डुमा २३४, भक्तपुरमा ३३, ललितपुरमा ६८ संक्रमित थपिएका छन् । चितवनमा १६५, मोरङमा १२८, सुनसरीमा १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।