काठमाण्डु — समाजवादी विद्यार्थी युनियनले चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २२ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणबारे अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
यहि असार ११ गते बिहान ६ बजेबाट बेपत्ता भएकी भण्डारी आइबार साँझ स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी थिइन् । सो घटनाले गम्भीर आशंका पैदा भएको समाजवादी विद्यार्थी युनियनको भनाइ छ ।
अध्यक्ष रूपनारायण श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै भण्डारीले आफू अपहरणमा परेको बताएको र हारगुहार गर्दा पनि सकुसल उद्धार हुन नसक्नुले प्रश्नहरू जन्माएको बताएका छन् ।
‘न्यायको लागि निरन्तर आवाज उठाउने सङ्गठन समाजवादी विद्यार्थी युनियनले सुजिता भण्डारी मृत्यु प्रकरणलाई राज्यले छानविन गरी चाँडोभन्दा चाँडो दोषीलाई कानुनी कठघरामा उभ्याउन जोड्दार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।





प्रतिक्रिया