कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले साउन ३१ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो ।

परीक्षा साउन २१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजे सम्म सञ्चालन हुने छ । विद्यार्थीहरुले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन् ।

गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञाका कारण स्थगित भएको थियो ।