धारा ७६(५) सच्याउन संविधान संशोधन गर्न पहल गर्ने एमालेको निर्णय


काठमाण्डु – नेकपा एमालेले संविधानको धारा ७६ उपधारा ५ सच्याउन संविधान संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले संविधानको धारा ७६ र उपधारा (५) को निर्दलीय व्याख्या भएकाले त्यसलाई सच्याउन प्रयास गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

साथै उनले सर्वोच्चको फैसलाले शक्ति पृथकीकरण र नियन्त्रणको अवस्थालाई खल्बल्याएको र संविधानको आधारभूत संरचनालाई नै कमजोर तुल्याएको बैठकले निष्कर्ष निकालेको बताए ।

सर्वोच्च अदालतले गत असार २८ गते विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको थियो ।

देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि समर्थन जनाएका सांसदलाई पार्टीले दल त्यागसम्बधी कारबाही गर्न नपाउने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement