आयोगको इजलासमा कानून व्यवसायीको बहसः उपेन्द्र यादव पक्ष नै आधिकारिक

आयोगको इजलासमा कानून व्यवसायीको बहसः उपेन्द्र यादव पक्ष नै आधिकारिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वरिष्ठ अधिवक्ता महादेव यादवले जनता समाजवादी (जसपा) उपेन्द्र यादव पक्षले आधिकारिकता पाउनुपर्ने बताएका छन् ।

जसपाको विवाद समाधान गर्न निर्वाचन आयोगले गठन गरेको इजलासमा बोल्दै अभिवक्ता यादवले संसदीय दल र कार्यकारिणी परिषद्मा उपेन्द्रको बहुमत रहेकाले आधिकारिकता पनि उनैले पाउनुपर्ने बताए ।

‘शुरुका संस्थापक ५० जना सदस्यमा कसको बहुमत छ ? उनीहरु कहाँ छन् ? त्यसबाट निर्णय नगरि महन्थ ठाकुर पक्षले मात्र कारवाही गर्न पाउँदैन । उपेन्द्र यादव पक्ष नै आधिकारिक हो । यादव पक्षलाई आधिकारिकता दिनु पर्छ,’ उनले भने ।

जसपाको विवाद समाधानका लागि गठन गरिएको इजलासमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच जना आयुक्त रहेका छन् ।

त्यस्तै वरिष्ठ अधिवक्ता यादवले आयोगले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको कुरालाई मान्यता दिन नसक्ने बताए ।