काठमाण्डु – सत्ता गठबन्धनको कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारका न्यूनतम साझा प्रतिवेदन बुझाएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर कार्यदलले आफ्नो प्रतिवेदन देउवालाई बुझाएको हो ।
प्रतिवेदनमा सरकारका योजना, काम र प्राथमिकताका विषय समेटिएका छन् । साथै उक्त प्रतिवेदन सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई बुझाउने कार्यसूची रहेको कार्यदलले जनाएको छ ।
सरकारका काम कारवाहीलाई प्रभावकारी बनाउन तीन दलका नेता सम्मिलित कार्यदल बनाइएको थियो । कार्यदलको संयोजकमा पूर्णबहादुर खड्का रहेका छन् । कार्यदलमा कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादीबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन् ।




प्रतिक्रिया