नेपाल पक्षको केन्द्रीय कमिटी आज पनि बस्दै

नेपाल पक्षको केन्द्रीय कमिटी आज पनि बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । शुक्रबार ११ बजेदेखि बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा उक्त बैठक बस्न लागेको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरुका सुझाव लिइने स्रोतले जनाएको छ ।

बिहीबारको बैठकमा धारणा राखेका एक दर्जन केन्द्रीय सदस्यबाट पार्टी एकता र सत्तारोहणका विषयमा मिश्रित सुझाव आएको थियो । बैठकलाई माधव नेपालले सम्बोधन गरेपछि भीम रावलले १० बुँदे सहमतिको बारेमा विस्तृत जानकारी केन्द्रीय सदस्यहरूलाई गराएका थिए ।  रावलले १० बुँदे सहमतिले पार्टी एकताको आधार तय गरेको भन्दै यसलाई सामान्यरूपमा नलिन आग्रह गरेका छन् ।