कस्तो रहला बुधबारको मौसम पूर्वानुमान

कस्तो रहला बुधबारको मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले देशभर मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं १,बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश थोरै स्थानहरूमा वर्षा भैरहेकाे छ ।

दिउँसाे देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।