काठमाण्डु – सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न नेपाल वायुसेवा निगमले भाडादर तोकेको छ । लगातार परेको भारी वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले हवाई सेवा सञ्चालनका लागि भाडादर तोकेको हो ।
धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टका अनुसार धनगढीबाट डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५, धनगढीबाट बझाङ तीन हजार ९९५ र बझाङबाट धनगढी रु तीन हजार ८९५ हवाई भाडादर तोकिएको छ ।
यात्रुको चाप बढेपछि धनगढीलाई आधार बनाएर पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आजदेखि परीक्षण उडान हुने उनले बताए ।




प्रतिक्रिया