काठमाण्डु – सर्वोच्च अदालतका न्यायाधीशहरु छुट्टै छलफलमा जुटेका छन् । यसअघि नेपाल बार एसोसिएसनसँगको छलफलबाटसमेत सन्तुष्ट हुन नसकेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाहेक सबै न्यायाधीशहरु छलफलमा जुटेका हुन् ।
केहि बेरअघि सर्वोच्चको एनेक्स भवनमा सुरु भएको छलफलमा न्यायाधीशरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, नहकुल सुवेदीलगायत न्यायाधीशरु सहभागी छन् ।
बैठकमा उनीहरुले भोलि बस्ने फुलकोर्ट बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्ने बताइएको छ । प्रधानन्यायाधीश जबराले सोमबारका लागि फुलकोर्ट बोलाएका छन् ।




प्रतिक्रिया