एजेन्सी – नेदरल्याण्ड्समा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लागू गरिएको प्रतिबन्धहरुको विरोधमा प्रदर्शन गर्नेहरुमाथि प्रहरीले गोली चलाएको छ । रोट्टरड्याममा प्रदर्शनकारीहरुले प्रहरीको कारमा आगो लगाउनुका साथै ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले गोली चलाएको हो । उक्त झडपमा दुई जनालाई गोली लागेको र सात जना घाइते भएका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सञ्चार माध्यमका अनुसार २० जना पक्राउ परेका छन् । सरकारले घोषणा गरेको कोभिड भ्याक्सिन पास र नयाँ वर्षको पूर्व सन्ध्यामा आतिशबाजीमाथि रोक लगाएको विरोधमा सयौं मानिस प्रदर्शनमा उत्रिएका हुन्। नेदरल्याण्ड्समा कोरोना संक्रमण बढेपछि गत शनिवारखि तीन साताका लागि आंशिक लकडाउन घोषणा गरिएको थियो। महामारी सुरु भएयताकै सबैभन्दा बढी संक्रमित पहिचान भएसँगै नयाँ नियम लागू गरिएको थियो। जसअनुसार रेष्टुराँ, पसलहरु चाँडै बन्द गर्नु पर्ने, खेलहरु इन्डोर हुनुपर्ने लगायतको व्यवस्था थियो ।




प्रतिक्रिया