कस्ताे रहला आजकाे माैसम पूर्वानुमान ?

कस्ताे रहला आजकाे माैसम पूर्वानुमान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएपनि दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।

बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।