काठमाण्डु – हुम्लाको नाम्खा गाउँपालिकामा चामल पठाउन गृहमन्त्रालयले निर्देशन दिएको छ । हुम्लाको हिल्सास्थित गोदाममा रहेको चामल सेनाको हेलिकोप्टरमार्फत उक्त क्षेत्रमा पु¥याउन गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।
गाउँमा खाध्यान्न अभाव भएपछि नाम्खा गाउँपालिका– ६ का वडाध्यक्ष चामल माग्न सिंहदरबार आएका थिए । हुम्लाका सांसद छक्कबहादुर लामालाई लिएर सिंहदरबार पुगेका तामाङले अर्थ मन्त्रालय र गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका थिए । त्यस लगतै गृहमन्त्री बालकृष्ण खाणले हुम्लास्थित प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गर्दै स्टक रहेको चामल अभाव क्षेत्रमा पठाउन निर्देशन दिएका छन् ।




प्रतिक्रिया