युरोपमा मार्चसम्म कोरोनाबाट थप ७ लाखको मृत्यु हुने डब्ल्यूएचओको चेतावनी

युरोपमा मार्चसम्म कोरोनाबाट थप ७ लाखको मृत्यु हुने डब्ल्यूएचओको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  विश्व स्वास्थ्य संगठनले आगामी मार्चसम्म युरोपमा कोरोना संक्रमणबाट थप सात लाख मानिसको मृत्यु हुनसक्ने बताएको छ । युरोप र एसियाका केही मुलुकमा कोरोना भाइरस संक्रमणका कारण आगामी मार्चसम्ममा थप सात लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको हो ।

सो समयसम्ममा ४९ मुलुकका अति सघन उपचार कक्षमा ‘उच्च वा अत्यधिक भार’ हुने डब्ल्यूएचओले जनाएको छ । त्यसैगरी युरोपमा कोरोना संक्रमण मृत्युको प्रमुख कारक बन्न पुगेको डब्ल्यूएचओले बताएको छ ।

यता अष्ट्रियामा सोमबारदेखि २० दिनसम्म देशव्यापी लकडाउन लगाइएको छ । फ्रान्स, जर्मनी र ग्रीसले समेत बढ्दो संक्रमणबीच बुस्टर डोज अनिवार्य बनाएर आफ्ना नागरिकलाई पूर्ण खोप लगाउने तयारी गरेका छन् ।