काठमाण्डु – नेपाली बजारमा बुधबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सयले ओरालो लागेर प्रतितोला ९१ हजार ८०० मा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० कायम भएको छ । आज यता चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदीको मूल्य प्रतितोलामा ३० ले ओरालो लागरे एक हजार २२५ मा कारोबार भइरहेको छ ।




प्रतिक्रिया