काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थ त्याग्न सबैभन्दा पहिले व्यक्तिको इच्चा शक्ति हुनुपर्ने बताएका छन् । सूर्तीजन्य पदार्थको असरका बारेमा जति सचेत गराएपनि व्यक्तिमा इच्छाशक्ति भएन भने सचेतनाले मात्रै नपुग्ने दोहोराएका छन् ।
आज ललितपुरमा भएको सूर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धी कार्यक्रममा मन्त्री खतिवडाले व्यक्तिमा डर पैदा गराएर भएपनि यसको नियन्त्रण आजको आवश्यकता रहेको बताए । उनले पछिल्लो समय नबुझेर भन्दा बुझेकाहरुले बढी सेवन गर्ने गरेको सुनाए । अहिलेसम्म धेरै सचेतनाका कार्यक्रम गर्दापनि सेवनकर्ता नघटेकोमा मन्त्री खतिवडाले चिन्ता ब्यक्त गरे ।
उनले भने, ‘यदी सबै खाले उपाय अपनाउँदा पनि ब्यक्तिले सेवन गर्न छाडेनन् भने चिकित्सकहरुले सूर्तीजन्य पदार्थका कारण मृत्यु कति नजिक छ भनेर समेत डर देखाईदिनुपर्यो । मानिस मुत्युसंग अवश्य डराउँछ, एक प्रतिशत मात्र समस्या लिएर पुगेका सूर्तीजन्य पदार्थका सेवनकर्तालाई डाक्टरले के भनिदिनुपर्यो भने यो दिनसम्म चुरोट छाड्नुभएन भनि हाम्रो कोसीस अर्थबिहीन हुन्छ ।’
उनले पछिल्लो समय विगतमा भन्दा सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थको सेवन कम भएको दाबी गरे । सूर्तीजन्य पदार्थको सेवन गर्न मन नलाग्ने औषधि छ कि छैन भनेर समेत प्रश्न गरे ।
उनले भने, ‘कता कता टाँसेको देख्छु, सात दिनमा रक्सी चुरोट छुटाउन आउनुहोस् ! त्यो के कस्तो हो मलाई थाह छैन, त्यो कतै रत्नपार्कमा चटकेले एक गोली ५२ उपचार भनेजस्तै होकी के हो मलाई थाह छैन । १५ दिन २० दिनमा रक्सी छुटाउने भनेर लेखेको देख्याछु त्यो हो वा होइन जे होला तर मेरो आफ्नै अनुभवमा मैले के देख्या छु भने रुघा खोकी लागेको बेलामा चुरोट खान मन लाग्दैन त्यो एकदमै नमिठाे हुन्छ, नखाउ जस्तो लाग्छ, अथवा २० वटा खाने गथ्र्यो भने रुघा खोकी लागेका बेलामा २, ४ वटा मात्रै खान्छ किन हो त्यो मलाई थाह छैन। अमेरीकाले मार हान्ने मिसाइल पनि बनाउछ त्यसलाई खसाल्ने उपकरण पनि बनाउछ त्यस्तै यो चुरोट खान मन नलाग्ने औषधी छ या छैन मलाई थाह छैन ’ ।
उनले सूर्तीजन्य पदार्थ नियन्त्रकालागि के गर्न सकिन्छ उपाय लिएर मन्त्रालय आउन समेत आग्रह गरे । आफू यो बिषयमा सकारात्मक रहेकाले सहयोग गर्न सबैलाई आग्रह गरे ।




प्रतिक्रिया