पिसिएल नर्सिङ अध्यापनका लागि सिटिइभिटीले दियो ४५ कलेजलाई अनुमति (सूचीसहित)

पिसिएल नर्सिङ अध्यापनका लागि सिटिइभिटीले दियो ४५ कलेजलाई अनुमति (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङका लागि ४५ वटा कलेजलाई अनुमति दिएको छ । परिषद्ले २८ मंसिरसम्म भर्नाका लागि आवेदन खुलाएको हो ।

प्रमाणपत्र तह नर्सिङ कार्यक्रम (पिसिएल) नर्सिङको अनुमति पाएका सबै कलेजले ४० जनाको कोटा निर्धारण गरिएको सिटीईभिटीका सदस्य सचिव जीवनारायण काफ्लेले बताए । प्रदेश नं. १ मा एउटा साझेदार शिक्षण संस्था र पाँच वटा निजीस्तरमा सञ्चालित गरी ६ वटाले अनुमति पाएका छन् ।

त्यस्तै, प्रदेश नं २ मा २ वटा आंगिक शिक्षण संस्था र ७ वटा निजीस्तरमा गरी ९ वटा, बागमती परदेशमा २१ वटा निजीस्तरमा संचालित शिक्षण सँस्था, गण्डकी प्रदेशमा ३ वटा निजीस्तरमा संचालित शिक्षण संस्था, लुम्बिनी प्रदेशअन्तरर्गत एउटा साझेदार शिक्षण संस्था र ५ वटा निजीस्तरमा संचालित शिक्षण संस्थाले गरी ४५ वटा शिक्षण संस्थाले अनुमति पाएका हुन् । सिटिइभिटीले विद्यार्थीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा मंसिर २८ गतेभित्र आवेदन दिन भनेको छ ।

मान्यता प्राप्त कलेजहरु :