हुथी विद्रोहीद्वारा गरिएको ब्यालिस्टिक मिसाइल आक्रमणमा पाँचको मृत्यु

हुथी विद्रोहीद्वारा गरिएको ब्यालिस्टिक मिसाइल आक्रमणमा पाँचको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी –  यमनको साबाह प्रान्तको एक सहरमा यहाँका हुथी विद्रोहीहरुले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ । सो शहरमा शनिबार हुथी विद्रोहीहरूले शक्तिशाली मिसाइल आक्रमण गरेका थिए । त्यस क्रममा पाँच जना सर्वसाधारणको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

एकजना प्रहरी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा दिएको जानकारी अनुसार सो मिसाइल शहरको एक बस्तीमा खसेको र त्यसको विस्फोटबाट कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताएका छन् । यस हिंसात्मक घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।