काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ ।
बुधबार र बिहीबार काठमाण्डुमा बसेको लोसपाको केन्द्रीय कार्यकारिणी बैठकले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्न सक्ने र त्यसको अधिकार पार्टीको स्थानीय तहलाई दिने निर्णय गरेको हो ।
‘आगामी स्थानीय तहको चुनावमा आवश्यकताको आधारमा गठबन्धन गर्न सक्ने र त्यसको अधिकार स्थानीय तहलाई दिने निर्णय भएको छ’ नेता शरदसिंह भण्डारीले भने ।
बैठकमा नेताहरुले पार्टीलाई फाइदा पुग्ने गरि चुनावमा तालमेल गर्नु पर्ने धारणा राखेका थिए ।




प्रतिक्रिया