स्थानीय तह निर्वाचन : सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

स्थानीय तह निर्वाचन : सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहकाे निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को १७ चैतको सिफारिस र २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति भण्डारीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालनका गर्न स्वीकृति दिएकी हुन् ।

नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम उनले सेना परिचालनको लागि स्वीकृति दिएकी हुन् । ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्न सकिने उल्लेख गरिएको छ ।

Avatar