रामेछापमा सत्ता साझेदार दलको गठबन्धन नबनेपछि एमालेलाई हाईसन्चो, दोहोर्‍याउला पुरानो नतिजा ?

रामेछापमा सत्ता साझेदार दलको गठबन्धन नबनेपछि एमालेलाई हाईसन्चो, दोहोर्‍याउला पुरानो नतिजा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप- बागमति प्रदेशको जिल्ला रामेछापमा आठ वटा स्थानीय तह छन् । ति मध्ये दुईवटा नगरपालिका हुन् । जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिन्छ ।२०७४ सालको चुनावी परिणाम अनुसार नेकपा एमाले सबैभन्दा ठुलो दल हो । एमालेले आठ मध्ये पाँचवटा पालिका जितेको थियो । माओवादीले दुई तथा कांग्रेसले एउटा मात्रै पालिका जित्न सफल भएको थियो ।

एमालेले सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको मेयर(उपमेयरसहित गोकुलगंगा, खाँडादेवी, लिखु तामाकोशी गाउँपालिकाको अध्यक्ष(उपाध्यक्ष तथा उमाकुण्ड गाउँपालिकाको अध्यक्ष जितेको थियो । दोरम्बा र सुनापति गाउँपालिकामा माओवादीले अध्यक्ष(उपाध्यक्ष जित्यो भने कांग्रेसले रामेछाप नगरपालिकाको मेयर(उपमेयर तथा उमाकुण्डको उपाध्यक्षमा चित्त बुझायो ।

वैसाख ३० गते हुने चुनावका लागि पनि जिल्लामा जोडघटाउ चलिरहेको छ । एमालेलाई पुरानो वर्चस्व बचाउनुपर्ने तथा माओवादी र कांग्रेसलाई त्यो तोडने चुनौति देखिन्छ । सत्ता साझेदार दलबीच जिल्लामा तालमेलको प्रयास भए पनि सफल हुन सकेन । माओवादी र एकीकृत समाजवादीले मात्रै जिल्लामा मिलेर उम्मेद्वारी दिएका छन् । कांग्रेस र माओवादीबीच २ वटा पालिकामा तालमेलको सहमति भएको छ । तर अहिले आएर माओवादीले धोका दिएको कांग्रेसको आरोप छ ।

जिल्लामा यो बीचमा माओवादीका कैयौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । यस्तै एमाले पनि विभाजित भएको छ । यदि जिल्लामा कांग्रेस र माओवादीबीच तालमेल भएको भए एउटावाहेक सबै पालिका जित्ने संभावना थियो । तर त्यो अब संभव देखिएको छैन । त्यसैले जिल्लामा यसपटक पनि नेकपा एमाले नै मजवुत छ ।

पार्टी विभाजनका कारण उसलाई केही घाटा भए पनि गठबन्धन नबनेको फाईदा पनि पुग्ने देखिएको छ । जिल्लाका सबै पालिकामा प्रतिस्पर्धा देखिन्छ । त्यसमा पनि दुई नगरपालिकामा त्रिपक्षीय लडाई छ ।  त्यसैले परिणामको आकलन गर्न कठिन छ ।

यद्यपी नेकपा एमालेले नै धेरै पालिका जित्ने संभावना भने देखिन्छ । जिल्लामा आगामी स्थानीय तह चुनावका लागि १ लाख ७८ हजार ८६७ मतदाता छन् । ति मध्ये ९१ हजार १३१ पुरुष र ८७ हजार ७३६ महिला छन् ।