काठमाण्डु – नेपाल प्रहरीमा आईजीपी नियुक्तिविरुद्ध असन्तुष्ट एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथि सुनुवाई जारी छ ।
धीरजप्रताप सिंहलाई प्रहरीको आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआईजी पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमाथि आज न्यायाधीश सुस्मालता माथेमाको इजलासमा पहिलो सुनुवाई भइरहेको हो ।
जारी सुनुवाइमा अहिलेसम्म तीन जना कानुन व्यवसायीले बहस गरेका छन् । सर्वोच्च अदालतका अनुसार अहिलेसम्म रिट निवेदक विश्वराज पोखरेलका तर्फबाट मेघराज पोखरेल, सतिस खरेल र हरिहर दाहालले बहस गरेका छन् । आज जारी सुनुवाइमा एआईजी पोखरेल पनि इजलासमा उपस्थित छन् ।




प्रतिक्रिया