एआइजी पोखरेलले इजलासमा भने- सरकारको निर्णय मेरो मृत्युभन्दा पनि दुःखद हो, जुनियरलाई आईजीपी मान्न सक्दिनँ

एआइजी पोखरेलले इजलासमा भने- सरकारको निर्णय मेरो मृत्युभन्दा पनि दुःखद हो, जुनियरलाई आईजीपी मान्न सक्दिनँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एआईजी विश्वराज पोखरेलले धीरजप्रताप सिंहलाई आइजीपी बनाउने सरकारको निर्णयले आफू र प्रहरी संगठनलाई गम्भीर क्षति पुगेको जिकिर गरेका छन् ।

आईजीपी नियुक्तिको विषयमा असन्तुष्ट भई सर्वोच्चमा रिट दायर गरेका एआईजी पोखरेलले बिहीबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा धीरजप्रताप सिंहभन्दा आफू डेढ वर्ष सिनियर भएको दावी गर्दै सरकारको उक्त निर्णय आफ्नो मृत्युभन्दा पनि दुःखद भएको बताए ।

‘श्रीमान ! म डेढ वर्ष सिनियर एआईजी हुँ । एआईजी हुँदा धीरजप्रताप सिंहलाई मैले नै फुली लगाइदिएको हुँ, अहिले जुनियरलाई आईजीपी कसरी मान्न सक्छु । सिनियरलाई छुटाएर जुनियरलाई नियुक्ति गर्नु भनेको मेरो चाहिँ मृत्युभन्दा दुःखद हो,’ उनले इजलासमा भने ।

उनले सरकारको निर्णय उल्ट्याउँदै आफूलाई आईजीपी नियुक्त गरिनुपर्ने माग गरे । ‘जो प्रहरी संगठनमा आउँछ ऊ आईजीपी वा प्रमुख हुन्छु भनेर आउँछ । संगठन प्रमुख हुन्छु भनेर आउने आकांक्षा जतिबेला पनि निमोठिनसक्छ भन्ने उदाहरण पनि हो यो श्रीमान । त्यसैले सकारको निर्णयमा पुर्नविचार गर्न माग गर्दछु,’ उनले भने ।