पूर्वसांसद् आचार्यको निधनमा संसद्‌द्वारा शोक प्रस्ताव पारित

पूर्वसांसद् आचार्यको निधनमा संसद्‌द्वारा शोक प्रस्ताव पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाले पूर्वसांसद् विष्णुराज आचार्यको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसांसद आचार्यको निधनमा शोक प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो ।

नेपाली कांग्रेस पार्टीबाट २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित आचार्यको ७४ वर्षको उमेरमा गत १० वैशाखमा निधन भएको थियो । बैठकले आचार्यको निधनप्रति शोक प्रकट गरी श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

संसदको अर्काे बैठक ४ जेठ बुधबार दिउँसो १ बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए ।