पोखरा- महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार आचार्यले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाभन्दा ५ हजार २८६ मतको फराकिलो अग्रता बनाएका छन् । अब करिब ५ हजार मत गणना हुन बांकी छ ।
मेयर आचार्यले ५६ हजार ४ सय ७१ मत ल्याएका छन् भने थापाले ५१ हजार १ सय ८५ मत ल्याए । पोखरामा कूल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ जित्ने सम्भावना बढी छ । उनले ५८ हजार ५ सय ८२ मत ल्याएकी छन् भने नेपाली काँग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५ सय ४७ मत ल्याएकी छन् ।




प्रतिक्रिया