बागी उम्मेदवारलाई एमालेले गर्‍यो कारबाही

बागी उम्मेदवारलाई एमालेले गर्‍यो कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ – नेकपा एमाले लमजुङले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार बनेकालाई कारबाही गरेको छ । एमाले बेंसीशहर नगरपालिका–६ मा बागी उम्मेदवार बनेका तीन जनालाई कारबाही गरेको हो ।

वडाध्यक्षका बागी उम्मेदवार प्रकाश थापा, सदस्यका बागी उम्मेदवार दुर्गाबहादुर गुरुङ र कृष्ण राउतलाई ६ महिनासम्मका लागि सम्बन्धित पालिका/वडा कमिटीबाट निलम्बन गरेको छ । उम्मेदवारको समर्थक र प्रस्तावकलाई पनि कारबाही गरिएको एमाले लमजुङका सचिव सुभाष पौडेलले जानकारी दिए ।

आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले कारबाही गर्ने निर्णय गरेको हो । प्रस्तावक र समर्थकलाई तीन महिनाका लागि निलम्बन गरेको बताए । पार्टीको निर्णयलाई अटेरी गरी निर्णय उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।