काठमाण्डु – वीरगञ्ज महानगरपालिको प्रमुख र उपप्रमुख दुबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मत प्राप्त गरी विजयी बनेका हुन्।
सिंहका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार बिजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरेका छन्।
आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई २२ हजार ५४४ मतान्तरले पराजित गर्दै सिंह मधेश प्रदेशको एकमात्र महानगरपालिकाको प्रमुखमा निर्वाचित बनेका हुन्।
यसैगरी उपप्रमुख पदमा पनि गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस इम्तियाज आलम विजयी भएका छन्। उनी २५ हजार १५८ मतसहित विजयी बनेका
उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले छ हजार ७१९ मत प्राप्त गरेका छन्। निर्वाचन कार्यालयले मतपरिणामको आधिकारिक घोषणा गर्न भने बाँकी छ ।
वीरगञ्ज महानगरपालिकाको नेतृत्वका लागि सत्तागठबन्धनका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का बीच चुनावी तालमेल भएको थियो।
एमाले र लोसपाको गठबन्धनबाट सरावगी एमालेका सराबगी उम्मेदवार बनेका थिए। अघिल्लो पटक जसपाबाट वीरगञ्जको मेयर बनेका सराबगी एमाले प्रवेश गरेर पुनः उम्मेदवार बनेका थिए।




प्रतिक्रिया