काठमाण्डु – शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै काठमाण्डुको चावहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीहरु आन्दोलित भएका छन् ।
कोर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ की एक छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका हुन् । आन्दोलित विद्यार्थीहरू अधिकारीलाई कार्बाही माग गर्दै कलेज परिसरमा नारा लगाइरहेका छन् ।
आफ्नो इच्छा पूरा गरिदिए कलेजको शुल्कदेखि अरु कुराहरू छुट गराइदिने भन्दै ११ कक्षाकी छात्रालाई अधिकारीले यौन दुर्व्यवहार गरेको आरोप छ ।




प्रतिक्रिया