यौन दुर्व्यवहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

यौन दुर्व्यवहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा कक्षा ११ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा क्यम्पसका कोअर्डिनेटर जनार्दन अधिकारी पक्राउ परेका हुन् ।

पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले आज पक्राउ गरेको हो । पटकपटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका थिए ।

उनीहरुले मंगलबार बिहान कलेज परिसरमा प्रदर्शन गरेका थिए । त्यसपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काभ्रे घर भएका अधिकारी नेकपा एमालेका नेता हुन् । उनी पूर्व सञ्चारमन्त्रीको मिडिया विश्लेषकमा पनि नियुक्त भएका थिए । नेकपा एमालेको काभ्रे जिल्ला समितीले उनलाई २०७४ मा प्रदेश सभा सदस्यमा सिफारिस गरेको थियो ।