जबरजस्ती करणी मुद्दाका फरार चिनियाँ नागरिक काठमाण्डुबाट पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार चिनियाँ नागरिक काठमाण्डुबाट पक्राउ

प्रतिकात्मक तस्वीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चिनिया नागरिक ४५ वर्षीय लि छेनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चिनियाँ नागरिक चन्द्रागिरि नगरपालिका–३ टोटीटोलस्थित जेनजोङग मेशिनरी म्यानुफ्याक्चरीङ कम्पनी प्रालिका संचालक हुन् ।

उनले २०७८ फागुन २६ गते दिउँसो आफ्नै कम्पनिको अफिस कोठाभित्र २३ वर्षीया महिलालाई कोही नभएको मौका पारी जबरजस्ती करणी गर्न खोजेको भन्ने जाहेरी प्रहरी वृत्त थानकोटमा परेको थियो ।

जिल्ला अदालत काठमाण्डुले २०७८ फागुन २९ गते ती चिनियाँ नागरिकलाई पक्राउ गर्न आदेश दिएको थियो । उनीमाथि प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ ।