योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट निकासा नहुने

योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट निकासा नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय योजना आयोगले सिफारिस नगरेको आयोजनालाई बजेट निकासा नहुने भएको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट निकासा नहुने जानकारी दिएकी हुन् ।

साथै तीन तहकै बजेट कार्यान्वयनमा वित्तिय अनुशासन कायम गरिने उनले जानकारी दिइन् ।