भरतपुरकी मेयर रेनु दाहाल चढेकाे गाडी दुर्घटना

भरतपुरकी मेयर रेनु दाहाल चढेकाे गाडी दुर्घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छन्। शुक्रबार दिउँसो उनी चढेकाे गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो।  उनको टाउकोमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ।

प्रहरी स्रोतका अनुसार उनी चढेको प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरकाे गाडी जावलाखेलकाे स्टाफ कलेज नजिकै बिजुलीकाे पाेलमा ठाेक्किएर दुर्घटना हुँदा उनी घाइते भएकी हुन्।उनको टाउकोमा चोट लागेपछि लगत्तै सुमेरु अस्पताल भर्ना गरिएको हो।