दुई बर्ष पछि ९ हजार नेपाली कोरिया जाँदैँ, जेठ २६ वाट परीक्षा सुरु हुने

दुई बर्ष पछि ९ हजार नेपाली कोरिया जाँदैँ, जेठ २६ वाट परीक्षा सुरु हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  दुई बर्षदेखी स्थगित भएको कोरियन भाषाको परीक्षा १९ जेठ देखी ३ असारसम्म सञ्चालन हुने भएको छ । स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परिक्षा जेठ १९ गतेबाट सुचारु गर्न लागिएको हो ।

बैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएका भएपनि स्थानिय तह निर्वाचनक कारण स्थगित भएको परीक्षा तीन सिफ्टमा सञ्चालन हुनेछन । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका अनुसार दैनिक ६ सय परिक्षार्थीलाई परिक्षा दिन मिल्ने गरी बिभागले तयारी गरिरहेको छ ।

कोरियन भाषा परिक्षामा उतिर्णहरु मध्ये ६ हजार ९ सय ९३ उत्पादनमुलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ५ सय १३ नेपालीहरुलाई यसै बर्ष दक्षिण कोरिया पठाउने गरी परिक्षा लिन लागिएको हो । बैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरियामा जानका लागि ४३ हजार भन्दा बढीले आवेदन दिएको बिभागले जनाएको छ ।

हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन भने पछिल्ला दुई बर्षमा विश्वब्यापारी महामारी कोरोना संक्रमणका कारण परिक्षा हुन नसके पनि सन २०२२ मा भने नेपालीलाई लैजान कोरिया मञ्जुर देखिएपछि परिक्षा सुरु गर्न लागिएको हो ।