सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा

सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बस्ने भएको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा गठबन्धन दलहरुको बैठक बस्न लागेको हो ।

आजको बैठकका स्थानीय तहको निर्वाचन र आइतबार सार्वजनिक बजेटको समीक्षा गर्ने लगायतका एजेण्डा रहेका छन् । हालै सम्मपन्न स्थानीय तहको निर्वाचनपछि सत्ता गठबन्धनको बैठक दोस्रो पटक बस्न लागेको हो । स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुले तालमेल गरेका थिए ।