पदभार ग्रहणपछि डंगोलले भनिन्ः महानगर सफल भए हामी सबैको जित हुन्छ

पदभार ग्रहणपछि डंगोलले भनिन्ः महानगर सफल भए हामी सबैको जित हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  काठमाण्डु महानगरपालिकाकी नवनिर्वाचित उपप्रमुख सुनिता डंगोलले पदभार ग्रहण गरेकी छन्। बागदरबारस्थित महानगरपालिका कार्यालयमा डंगोलले पदभार ग्रहण गरेकी हुन्।

पदभार ग्रहण गरेपछि उनले सबै मिलेर काठमाण्डुको निर्माणमा जुट्न आग्रह गरिन् । ‘जो जुन दलबाट आए पनि स्वतन्त्र भए पनि अब टिम वर्कबाट काम गर्नुपर्छ। व्यक्तिको सफलता असफलता होइन संस्थाको सफलता बारे ध्यान दिनुपर्छ। काठमाण्डु महानगरपालिका सफल भए हामी सफल हुन्छौं,’ उनले भनिन्।