काठमाण्डु – कुमारी बैंक लिमिटेड र लाल रत्न अस्पतालबीच स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
कुमारी बैंक लिमिटेड र सुदुरपश्चिम प्रदेश लम्कीचुहा नगरपालिकास्थित लाल रत्न अस्पतालबिच कुमारी बैंक लिमिटेडका ग्राहकलाई लाल रत्न अस्पतालबाट प्रदान गरिने स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हाे ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट गर्दा १०५ प्रतिशत छुट प्राप्तगर्न सकिनेछ। यस सुविधाबाट सुदुरपश्चिम प्रदेशका सेवाग्राहीहरुले गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा विश्वस्त रहेको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७शाखा सञ्जाल, १८१ एटिएम, ४२शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।




प्रतिक्रिया