काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । सोमबार मेयर पदको सपथ लिएपछि भद्रकालीस्थित सैन्य मुख्यालय पुगेर शाहले प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् ।
मेयर शाहले नेपाली सेना र काठमाण्डु महानगरपालिकाबीच सम्भावित सहकार्यबारे प्रधानसेनापतिसँग छलफल गरेको जनाइएको छ । त्यस्तै भेटवार्तामा शाहले राष्ट्रिय सुरक्षा र विपद् व्यवस्थापनको क्षेत्रमा नेपाली सेनाले गरेका कामको प्रशंसा गरे ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाण्डु महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित निर्वाचित भएका हुन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितलाई पराजित गरेका थिए ।




प्रतिक्रिया