पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा उडान अवरुद्ध

पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा उडान अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान अवरुद्ध भएका छन् ।

पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बिहान हवाईजहाजमा तेल हाल्न जाने क्रममा ट्याङकर पल्टिएपछि विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेको जानकारी दिए । आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्याङ्कर पल्टिएको हो ।

अहिले क्रेनको सहायताले उठाउने काम भइरहेको उनले बताए । उनले भने, “रिफ्युलर’ ट्याङ्कर पल्टिएकाले अहिले यहाँबाट हुने सम्पूर्ण उडान रोकिएको छ ।  ट्याङ्कर उठाएर विमानस्थलमा पोखिएको तेल सफा गरेपछि उडान सञ्चालन हुने बताइएको छ ।