काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
उक्त भेटमा सत्ता समीकरण, रेशम चौधरीलगायतको मुद्दा फिर्ता लिन ल्याएको अध्यादेश र विकसित राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको जनाइएको छ ।
सत्तारुढ दलबाट नयाँ सरकार गठन गर्ने निर्णय गरेपछि देउवा र प्रचण्डले आन्तरिकरुपमा गृहकार्य तीब्र पारेका छन् ।




प्रतिक्रिया