काठमाण्डु- जनता समाजवादी पार्टी, नेपालले पुसको मध्यमा प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा गर्ने भएको छ । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले एक सूचना जारी गर्दै पार्टीको राजनीतिक समितिको बैठक पुसको १८ र १९ गते गर्ने जनाएका हुन् ।
बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने समय तय भएको छ । राजनीतिक समितिको बैठकका कार्यसूचीहरूमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी समीक्षा रहेको छ ।




प्रतिक्रिया