काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष गठबन्धनका तर्फबाट आफूलाई भावी प्रधानमन्त्री बनाउन आग्रह गरेका छन् ।
शनिबार बालुवाटारमा भएको भेटघाटमा प्रचण्डले देउवलाई आफूलाई भावी प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका हुन् । प्रचण्डले गठबन्धनकै सहयोगमा प्रधानमन्त्री भएर निर्वाचन सम्पन्न गराएको र गठबन्धन नेतृत्व सरकारको कार्यकाल सफल रहेको पनि बताएका थिए ।
प्रचण्डले प्रधानमन्त्रीमा यसरी सहयोग गर्न देउवासमक्ष औपचारिक रुपमा भनेको यो पहिलो पटक हो । जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनमा यो विषयमा छलफल गर्ने जवाफ दिएका छन् ।
पछिल्लो समय प्रचण्ड जसरी भए पनि भावी प्रधानमन्त्री हुने रणनीतिमा लागेका छन् । केही दिन अगाडि एक कार्यक्रममा बोल्दै प्रचण्डले अबको प्रधानमन्त्री आफू भन्ने दावीसमेत गरेका थिए । यता, देउवा पनि फेरि आफ्नो नेतृत्वमा सरकार गठन गर्ने दाउमा छन् ।




प्रतिक्रिया