संसदीय दलको निर्वाचनका लागि कांग्रेसले बनायो निर्वाचन समिति

संसदीय दलको निर्वाचनका लागि कांग्रेसले बनायो निर्वाचन समिति


काठमाण्डु – नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि तीन सदस्यीय समिति बनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा समिति गठन गरेकाे हो ।

समिति सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश स्नेही  रसाइली रहेका छन् । सत्ता समीकरणको बहस जारी रहेका बेला नेपाली कांग्रेसले आन्तरिक छलफललाई तीव्रता दिएको छ ।

शनिबार पनि प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसका नवनिर्वाचित सांसदसँग बालुवाटारमा छलफल गरेका थिए। चियापान कार्यक्रमको आयोजना गरी देउवाले सांसदहरूलाई बालुवाटार बोलाएका थिए।

बालुवाटारको भेलामा पनि सत्ता समीकरण र आगामी सरकारका विषयमा छलफल भएको थिए । सांसदले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन सभापति देउवालाई दवाव दिएका थिए।