काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दिनभित्र गठबन्धनबाट देशले नयाँ प्रधानमन्त्री पाउने बताएका छन् ।
सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिएकाले सोही समयावधिभित्र गठबन्धनबाट प्रधानमन्त्री चयन हुने बताएका हुन् । प्रचण्डले अबको सरकार पनि सत्ता गठबन्धनकै नेतृत्वमा बन्ने दावी गरे ।
‘हामी गठबन्धनमा छलफल गर्छौ र टुंग्याउछौ । अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन । मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वभाविक हो तर बाहिर भनेजस्तो दावी भनेर औपचारिक रुपमा गठबन्धनको बैठकमा गरेको छैन ।’, उनले भने ।
त्यसैगरी उनले आफूले प्रधानमन्त्री पदका लागि नेकपा एमालेसँग मिल्ने चर्चा झुटो भएको बताए । सत्ता गठबन्धनमा आफूले प्रधानमन्त्रीमा दावी गर्नु स्वभाविक भएको उनको भनाइ छ ।
आइतबार प्रचण्डले पहिलो पटक प्रधानमन्त्री देउवासँग सत्ता गठबन्धनबाट आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए ।




प्रतिक्रिया