सांसदहरुलाई जथाभाबी नबोल्न लामिछानेको निर्देशन

सांसदहरुलाई जथाभाबी नबोल्न लामिछानेको निर्देशन


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले सांसदहरुलाई जथाभाबी नबोल्न निर्देशन दिएका छन् । संसदीय दलको नेतामा लामिछाने चयन भएपछि सांसदहरूलाई जथाभाबी नबोल्न निर्देशन दिएका हुन् ।

‘हामी संसदमा नयाँ पाटी हौं । सबै नयाँ सांसदपनि हौं । धेरै विषयहरू हाम्रा लागि नयाँ छन् । तपाईहरु मिडिया लगायत सार्वजनिक ठाउँमा बोल्दा जिम्मेवार पूर्वक बोल्नुस् पदको गरिमा राखेर बोल्नुस् ।’, सोमबार बुढानिलकण्ठको होटल पबेरामा बसेको बैठकमा लामिछानेले भनेका थिए ।

पार्टी र सरकारमा जाने विषयमा पार्टीको लाइन भन्दा बाहिर नबोल्न लामिछानेले निर्देशन दिएका छन् । मंगलबार लामिछाने नेतृत्वको पार्टीको आवासीय बैठकमा संसदीय प्रक्रिया, संसद्को भूमिका, कानुन, पार्टीले लिने लाइन र योजनाका विषयमा ब्रिफिङ गराइने भएको छ ।