काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्रनो पार्टी मुलुकको सर्वाधिक लोकप्रिय पार्टी बनेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सांसदलाई बधाई र प्रशिक्षण दिन काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धाँधली र घेराबन्दीलाई पराजित गर्दै एमाले सर्वाधिक लोकप्रिय पार्टी बनेको बताएका हुन् ।
‘अपेक्षा गरेजसरी सिट नआए पनि हामी उल्लासमय वातावरणमा छौँ र उत्सव मनाइरहेका छौँ। किनकि हामी कस्तो अवस्थामा चुनाव लडेका थियौँ भन्ने कुरा सबैलाई थाहा भएकै छ’, उनले भने।
त्यस्तै अध्यक्ष ओलीले नेकपा एमाले आफूहरु सरकार गठनको फोहोरी खेलमा नलाग्ने बताए। ‘सरकार गठनको यस्तो अनुचित र फोहोरी उद्देश्यप्रति नेकपा एमाले पूर्ण रुपमा असहमत छ । त्यसको विरुद्धमा छ । यस्तो हिसाबले सरकार गठन गर्ने क्रियााकलापमा हामी लाग्दैनौं ।’, उनले भने ।
त्यस्तै अध्यक्ष ओलीले कसको नेतृत्वमा सरकार बन्छ ? भन्नेबारे अहिले नै भन्न सक्ने अवस्था नरहेको बताए । ‘कस्तो सरकार बन्छ ? कसको नेतृत्वमा बन्छ ? कसैले भन्न सक्ने अवस्था छैन ।’, उनले भने ।




प्रतिक्रिया