काठमाण्डु – अस्पतालमा उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुगेका छन्।
रूघाखोकी र छातिमा संक्रमण देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाल स्वास्थ्य लाभ गरिरहेका छन्। छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको टोली उनको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ ।




प्रतिक्रिया