काठमाण्डु- सत्ता गठबन्धनमा नयाँ राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम अघि सारिएको छ ।
अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राष्ट्रपतिका लागि नेपाल र पौडेलको नाममा गठबन्धनमा छलफल चलिरहेको बताए । बिहीबार शपथ ग्रहणका लागि संघीय संसद् भवन पुगेका शर्माले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाल र पौडेलको नाममा गठबन्धनमा छलफल चलिरहेको बताएका हुन् ।
‘राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुनुहुन्छ होला,’शर्माले भने । त्यसैगरी उनले प्रधानमन्त्रीका लागि भने आलोपालो हुने र पहिलो चरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पाउनुपर्ने बताए । यस विषयमा गठबन्धनम छलफल हुने उनको भनाइ छ ।
‘प्रधानमन्त्रीमा पालैपालो गर्नु राम्रो हो । मेरो तर्फबाट पहिलो पालोमा प्रचण्ड प्रधानमन्त्री । तर, यसविषयमा गठबन्धनमा छलफल हुन्छु, शर्माले भने ।




प्रतिक्रिया