बालुवाटार बैठकमा जुटेन सहमति, आइतबार फेरि बस्ने

बालुवाटार बैठकमा जुटेन सहमति, आइतबार फेरि बस्ने


काठमाण्डु- बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । शनिबार सरकार गठनबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षबिहीन सकिएको हो । सरकार गठनबार सहमति नजुटेकाले बैठक पुनः आइतबार बस्ने जनाइएको छ ।

आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी थिए । सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार (पुस १० गते) अपरान्ह ५ बजे सकिँदैछ ।

हालको सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुने देखिए पनि सहमति भने जुट्न सकेको छैन् । सत्ता गठबन्धनले सरकार गठनका लागि राष्ट्रपतिसँग थप समय माग्ने तयारी गरेको छ ।