कांग्रेसले फेरि बोलायो बालुवाटारमा सांसदहरूलाई

कांग्रेसले फेरि बोलायो बालुवाटारमा सांसदहरूलाई


काठमाण्डु- नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको छ । राष्ट्रपतिले प्रधानमन्त्री पदमा दाबी गर्न दिएको समय सकिनै लाग्दा कांग्रेसले आफ्ना सांसदलाई बालुवाटार बोलाएको हो ।

सत्तारुढ गठबन्धनको सरकार निर्माण हुने भनिए पनि कांग्रेसका सभापति शेरबहादुर देउवा कि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच को पहिलो प्रधानमन्त्री रु भन्ने विषय टुंगिन नसकिरहेको बेला कांग्रेसले आफ्ना सांसदहरूलाई बालुवाटार बोलाउनुलाई चासोका साथ हेरिएको छ ।

अपरान्ह १२ः ३० मा बस्ने कांग्रेस सांसदहरुको बैठकले प्रधानमन्त्री को पहिलो? भन्नेमा राय दिने बुझिएको छ । कांग्रेसले शनिबार पनि आफ्ना सांसदलाई बालुवाटार बोलाएको थियो ।